Logo
  • मंगलबार, माघ १७ २०७९Jan 31 2023

प्रिती र दामोदरको स्वरमा 'चौरी गाईको घिऊले' सार्वजनिक

प्रिती र दामोदरको स्वरमा 'चौरी गाईको घिऊले' सार्वजनिक

images

नेपाल फेस

मंसिर २०, २०७९ मंगलबार
  • 5.4K
    SHARES

  • प्रिती र दामोदरको स्वरमा 'चौरी गाईको घिऊले' सार्वजनिक

    काठमाडौं । गायक दामोदर भण्डारी र प्रिती आलेको स्वरमा नयाँ लोक गीत चौरी गाईको घिऊले सार्वजनिक भएकोछ  । गत बिहीबार काठमाडौंको अनामनगरस्थित सिलौटो क्याफेमा एक कार्यक्रमका बिच गीतको प्रिमियर गरी सार्वजनिक गरिएको हो । 

    images

    गीतमा दामोदरकै शब्द र संगीत रहेको छ । गीतमा संगीत संयोजन कृष्ण बिक (भान्जा)ले गरेका छन् भने कुमार रानाले मिक्सिंग गरेका छन् । गीतको भिडियोमा चार कलाकारको अभिनय देख्न सकिन्छ । लोमस शर्मा, बिजय पुन, रुबिना अधिकारी र जुनु एस।डीले भिडियोमा अभिनय गरेका छन् । अजय रेग्मीको छायांकन रहेको भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफि तथा निर्देशन गरेका छन् । 
     कार्यक्रममा बोल्दै गायक दामोदरले अहिले सार्वजनिक गीतलाई यसअघिको छुर्पि चौरी गाईको गीतको भाग २ को रुपमा सार्वजनिक गरिएको बताए । दामोदर दर्शक तथा स्रोताको रोजाईको गीत बन्नेमा विश्वस्त छन् । कार्यक्रममा गायिका प्रिती आले भने अनुपस्थित थिइन् ।
    भिडियोका निर्देशक काजिशले भिडियो राम्रो बनाउनका लागी आफ्नो टिमले निकै मिहिनत गरेको बताए । उनले कलाकार देखी आफ्नो प्रोडक्सन टिमको मिहिनतका कारण भिडियो राम्रो बनेको प्रतिक्रिया दिए । 

    https://www.youtube.com/watch?v=voEB2tCVLPI&t=7s

    सम्बन्धित समाचार