Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

सेयर बजार आज ११.५६ अंकले बढ्यो, कारोबार रकम कति ?

सेयर बजार आज ११.५६ अंकले बढ्यो, कारोबार रकम कति ?

images

नेपाल फेस

मंसिर ८, २०७९ बिहीबार
  • 1.4K
    SHARES

  • सेयर बजार आज ११.५६ अंकले बढ्यो, कारोबार रकम कति ?

    काठमाडौं। आज बिहीबार नेप्से बढेको छ। लगातार घटेको नेप्से चुनाव सम्पन्न भएपछिको तेस्रो कारोबार दिन आज नेप्से ११ दशमलव ५६ अंकले बढेर १९ सय ३३ दशमलव ५५ अंकमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव दुई अंकले बढेर तीन सय ८० दशमलव ९२ अंकमा चढ्न सफल भएको छ । 

    images

    आज नेप्सेमा दुई सय ३२ वटा कम्पनीहरुको १८ हजार चार सय ९५ पटकको कारोबारमा २५ लाख ६९ हजार दुई सय २९ कित्ता किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम ९२ करोड ५१ लाख ७४ हजार तीन सय ८० रुपैंयाँ कायम भएको छ । 

    नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुंदा निर्जिवन बीमा समुहको सुचक घटेर रातो भएको छ भने भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त सहितका १२ वटा समुहहरुको सुचक बढेर हरियो भएको नेप्सेले जनाएको छ। 

    यता आज घलेम्दी हाईड्रो पावर कम्पनी, आरएमडिसी लघुवित्त वित्तीय संस्था, साना किसान लघुवित्त वित्तीय संस्था आदिले कमाएपनि आज किसान लघुवित्त वित्तीय संस्था, आदिले भने गुमाएका छन् । 

    आज सबै भन्दा बढी रकम कारोबार हिमालयन डिष्ट्रिलरी प्राली, घलेम्दी हाईड्रो पावर कम्पनी आदिले गरेका छन्। 

     

    नेपाल फेस

    सम्बन्धित समाचार