Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

रौतहटमा आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको ज्यान गयो 

रौतहटमा आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको ज्यान गयो 

images

नेपाल फेस

मंसिर ८, २०७९ बिहीबार
  • 1.3K
    SHARES

  • रौतहटमा आगलागी हुँदा एकै परिवारका ३ बालबालिकाको ज्यान गयो 

    काठमाडौँ । रौतहटको गौरमा हिजो बुधबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुने सबै बालबालिका एकै परिवारको रहेको प्रहरीले जनाएको छ । उक्त आगलागीमा परेर तीन जना समेत घाइते भएका छन् ।
     
    बुधबार राति गौर नपा १ मेनरोडस्थित इस्लाम अन्सारीको सिरक डसना पसलमा आगलागी हुँदा तीन जना बालबालिकाको जलेर मृत्यु भएको प्रहरीको भनाई छ। 

    images

    त्यस्तै आगलागीबाट लगभग ४० लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको जनाइएको छ ।

    अन्सारीको पसलसँगै घरमा अचानक आगलागी हुँदा घरमा सुतिरहेको अवस्थामा ९ वर्षीया छोरी रोक्साना खातुन, ७ वर्षीय छोरा ईमरान मन्सुरी र ५ वर्षीया छोरी सबाना खातुनको मृत्यु भएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले बताए। 

    आगलागीमा परेर रसुल मियाको २४ वर्षीया छोरी नसिम खातुन, २५ वर्षीय मोहम्मद इसराइल र ८ वर्षीय मोहम्मद ईमरान घाइते भएको तथा उनीहरुको प्रादेशिक अस्पताल गौरमा उपचार भइइरहेको छ। 

     

    नेपाल फेस

    सम्बन्धित समाचार