Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

काठामाडौंको सुन पसल चोरी गर्ने ६ जना पेस्तोलसहित पक्राउ

काठामाडौंको सुन पसल चोरी गर्ने ६ जना पेस्तोलसहित पक्राउ

images

नेपाल फेस

मंसिर ८, २०७९ बिहीबार
  • 1.1K
    SHARES

  • काठामाडौंको सुन पसल चोरी गर्ने ६ जना पेस्तोलसहित पक्राउ

    काठमाडौं। काठमाडौं महानगरपालिका–१८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट विभिन्न सुनका गरगहना चोरी गरेको अभियोगमा पेस्तोलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

    images

    धादिङ खनियाबास गाउँपालिका–४ घरका ३८ वर्षीय मनिला तामाङसहित ६ जनालाई हिजो बुधबार प्रहरीले पक्राउ गरेको हो। 

    भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले सञ्चालन गरेको उक्त कारखानाबाट गत कात्तिक २९ गते राति विभिन्न सुनका गरगहना चोरी भएको थियो। 

    जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो। 

    साथै मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१प ६२१७ नम्बरको मोटरसाइकल र घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी  र ज्याकेट सहितको प्रहरी पोशाक १ जोर समेत फेला पारी प्रहरीले बरामद गरेको छ।

    यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

    नेपाल फेस

    सम्बन्धित समाचार