Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

निर्वाचनपछि पनि सामान्य अंकले घट्यो नेप्से 

निर्वाचनपछि पनि सामान्य अंकले घट्यो नेप्से 

images

नेपाल फेस

मंसिर ६, २०७९ मंगलबार
  • 1.5K
    SHARES

  • निर्वाचनपछि पनि सामान्य अंकले घट्यो नेप्से 

    काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका कारण चार दिनदेखि बन्द रहेको सेयर आज पहिलो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । निर्वाचनको नतिजा प्रकाशित हुँदै गर्दाको परिणामलाई शेयरबजारले स्वीकार नगरेको देखिएको छ । 

    images

    आज नेप्से ७.१३ अंकले घटेर एक हजार ९ सय २९ दशमलब ७० विन्दुमा कायम भएको छ । बिहिबार नेप्से २५.५७ अंकले बढेर एक हजार ९ सय ३६ दशमलब ८३ विन्दुमा बन्द भएको थियो ।  

    त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा एक अर्ब ३५ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

    कारोबारमा आएका कम्पनीहरुमध्ये ५२ वटा कम्पनीको शेयरमुल्य बढेको छ भने १३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । 

    नेप्सेका अनुसार युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । 

    त्यस्तै, आज सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यसको आज १२ करोड १६ लाख भन्दा बढीको कारोबार भएको छ ।  

    नेपाल फेस

    सम्बन्धित समाचार