Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

नेकपा बहुमतले गर्यो निर्वाचन बहिस्कार गर्ने निर्णय

नेकपा बहुमतले गर्यो निर्वाचन बहिस्कार गर्ने निर्णय

images

नेपाल फेस

असोज १४, २०७९ शुक्रबार
  • 1.4K
    SHARES

  • नेकपा बहुमतले गर्यो निर्वाचन बहिस्कार गर्ने निर्णय

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी ( बहुमत)ले देशलाइ सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेकाे छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने अन्तिम निष्कर्ष निकालेको हाे । 

    images

    महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अथिति चित्रबहादुर आलेले आगामी ४ मंसिरको निर्वाचन जनता ठग्न र झुक्याउन गरिएको व्यवस्थाकाे निरन्तरता रहेकाे आराेप लगाए ।

    धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा कम्युनिष्ट पाटी (बहुमत)ले अब देशमा कम्युनिष्ट र कांग्रेसको नैतिकता सकिसकेको हुनाले क्रान्तिलाई रोज्नुपर्नेमा पनि नेताहरुले बताए ।

     

    नेपाल फेस

    सम्बन्धित समाचार