Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र

महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र

images

नेपाल फेस

असोज ७, २०७९ शुक्रबार
  • 13.2K
    SHARES

  • महानगरलाई भत्काउने काम रोक्न एकै दिन २२ पत्र

    काठमाडौं । टुकुचामाथि कानुनसम्मत निर्माण भएका भवन र १ सय ३० वर्ष इतिहास बोकेको टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगपालिकाविरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ । उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ती पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ ।

    images

    कामपाका प्रवक्ता नवीन मानन्धरले  एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गरेका थिए । अदालतका कर्मचारीले कामपा महानगरपालिका प्रहरी कार्यालयमा समेत पत्र पुगेको जनाएका छन् । यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो । मेयर बालेन्द्र साहको सचिवालयमा पुगेका पत्र फरकफरक प्रकृतिका छन् । १ सय ३० वर्षअघि राणा प्रधानमन्त्री वीर शम्शेरले बाटोमा आवातजावत गर्न भन्दै उक्त क्षेत्रको बाटोमा बग्ने टुकुचालाई छोपेका थिए । मेयर साहले अदालतको आदेशलाई समेत लत्याउँदै टुकुचा खोल्ने काम जारी राखेका छन् ।

    कामपाको ज्यादतिविरुद्ध जय नेपालदेखि कमलादीसम्मको स्थानीय र व्यवसायीले अदालतमा मुद्दा दायर गरेका थिए । अधिकांशले नक्साअनुसार भवन निर्माण गरेको प्रमाणको आधारमा मुद्दा दायर गरेपछि उच्च अदालतले कामपालाई तत्काल काम रोक्न पत्र पठाएको हो ।कामपालाई कारबाही गर्न माग गरिएको सो मुद्दाको विषयमा असोज २६ गते छलफल हुने भएको छ । कामपाले ४ सय ४० मिटर खण्डको खोला सफा गर्ने भन्दै नक्सा भएका घरमा समेत डोजर आतंक फैलाएको थियो । आजको समाचारपत्र दैनिकबाट 

    सम्बन्धित समाचार