Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

पवन प्रकृति बिद्यालयको एसईई २०७८ सम्मान कार्यक्रम सम्पन्न, जीपीए ४ ल्याउने रोशनले पाए पचास हजार

पवन प्रकृति बिद्यालयको एसईई २०७८ सम्मान कार्यक्रम सम्पन्न, जीपीए ४ ल्याउने रोशनले पाए पचास हजार

images

नेपाल फेस

भदौ २५, २०७९ शनिबार
  • 4.1K
    SHARES

  • पवन प्रकृति बिद्यालयको एसईई २०७८ सम्मान कार्यक्रम सम्पन्न, जीपीए ४ ल्याउने रोशनले पाए पचास हजार

    ललितपुर ।पवन प्रकृति अंग्रेजी  माध्यामिक बिद्यालयले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)  मा   उर्तिण बिद्यार्थीहरुलाई सम्मान गरेको छ । बिद्यालयले गत बैशाखमा  भएको एसईई परीक्षामा  ४ जीपीए ल्याएर उर्तिण  हुने रोशन ज्ञवालीलाई नगद रु. पचास हजार  र अन्य दुई जनालाई नगद रु पाँच पाँच हजारसहित सम्मान गरेको छ । 

    images

    बिद्यालयले आज महालक्ष्मी नगरपालिकाको टिकाथली स्थित आफ्नै   प्राङगडमा   एसईई परीक्षा २०७८ मा  ४ जीपीए ल्याउने रोशन ज्ञवालीसहित १०८ जना बिद्यार्थीहरुलाई सम्मान गरेको हो । कार्यक्रमा प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन , बिशेष अतिथिहरुमा महालक्ष्मी न. पा -५ टिकाथलीका वडा अध्यक्ष कपिल के सी , नेपाली कांग्रेस नगर सभाति दिवाकर सिलवाल  , महालक्ष्मी नगर शिक्षा अधिकृत सुनिता योङ्हाङ्ग,अतिथिहरुमा बिभिन्न बिद्यालयका प्रधानअध्यापक, राजनितिक दलका प्रतिनिधि, समाजसेवीहरुको उपस्थिति रहेको थियो । 
    कार्यक्रममा बोल्दै उपप्रमुख लक्ष्मी मर्हजनले महालक्ष्मी नगरपालिकाले शिक्षा बिना कुनै कुरा पनि संभव नहुने हुनाले नगरपालिकाले  शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । एसईई परीक्षा २०७८ मा नेपाल भरिकै उत्कृष्ट ४३ मध्ये १ जना रोशन ज्ञवाली पवन प्रकृति अंग्रेजी बिद्यालयकै छात्र भएकोले बिद्यालयको टिमलाई धन्यवाद दिनुभयो । भबिश्यमा पनि बिद्यालयले उत्कृष्ट शिक्षा प्रदान गर्न सकोस् भन्ने शुभकामना ब्यक्त गर्दै नगरपालिकामा भएका १४ सामुदायिक बिद्यालय सहित ६१ बटा बिद्यालयको शैक्षिक सुधारका लागि नगरपालिकाले सकेको सहयोग गर्ने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै  बिशेष अतिथि कपिल केसीले आफ्नो वडामा नै रहेको  बिद्यालयमा अध्ययन गरेका  बिद्यार्थीले एसईईमा उत्कृष्ट अंक जीपीए ४ ल्याएकोले आफूलाई खुसी लागेको बताउनुभयो ।

     त्यसैगरि कार्यक्रममा बिशेष अतिथि  नेपाली कांग्रेस महालक्ष्मी  नगर सभापति दिवाकर सिलवालले शिक्षा नै सबथोक हो भन्दै जीपीए ४ ल्याएर एसईई उर्तिण रोशन ज्ञवालीलाई नगद पाँच हजार प्रदान गर्नुभयो ।  

    सम्मान कार्यक्रमका सभापति तथा पवन प्रकृति अंग्रेजी बिद्यालयका  प्रधान अध्यापक उतर कुमार राईले  बिद्यालयले कोरोनाको महामारीमा  पनि बैकल्पिक माध्यमबाट नै भएपनि पढाईलाई निरन्तरता दिएको र आगामी दिनमा पनि बिद्यालयले गुणस्तरीय शिक्षा प्रदान  गर्न हर तवरले  प्रयत्न गरिरहने र यो सालबाट सुरु भएको एसईई सम्मान कार्यक्रम नरोकिने बताउनुभयो । प्र .अ  राईले नगरपालिकाबाट केहि कुराहरुमा सहयोग प्राप्त भए पनि जति स्थानीय सरकारले संस्थागत बिद्यालय सहयोग गर्नु पर्थ्यो त्यो नभएको बताउनुभयो । प्र .अ राईले राज्यले संस्थागत बिद्यालयलाई पनि सहयोग गर्नु पर्ने बताउनुभयो । 
    कार्यक्रममा बिद्यार्थी अभिभावक  तथा बिद्यालयका पदाधिकारीहरुको  उपस्थिति रहेको थियो ।  कार्यक्रममा बिद्यार्थी भाइ बहिनीहरुले बिबिध सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । 
     
    पवन प्रकृति अंग्रेजी बिद्यालय बि स  २०४८ स्थापना भएर ललितपुरको महालक्ष्मी नगरपालिकामा  गुणस्तरीय शिक्षा प्रदान गर्दे आइरहेको छ।बिद्यालयमा हाल १४०० भन्दा बढि  बिद्यार्थीहरु अध्ययनरत छन् ।

      

    pawan.jpg
    undefined

    pawan2.jpg

    pawan 4.jpg

    सम्बन्धित समाचार