Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

विप्लवका मुद्दामा चार कम्युनिस्ट पार्टीको देशभर आन्दोलन

विप्लवका मुद्दामा चार कम्युनिस्ट पार्टीको देशभर आन्दोलन

images
images

नेपाल फेस

साउन २७, २०७९ शुक्रबार
  • 1.1K
    SHARES

  • विप्लवका  मुद्दामा चार कम्युनिस्ट पार्टीको देशभर आन्दोलन

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी खारेजीको माग गर्दै साना चार कम्युनिस्ट पार्टीहरुले देशभर आन्दोलन गर्ने भएका छन् । आज चार कम्युनिष्ट पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । 

    images

    जसमा नेकपाका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्टका महासचिव आहुति, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीको हस्ताक्षर रहेको छ । 

    उनीहरुले आगामी भदौ १ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताएका छन् । यसैगरी भदौ ४ गते विरोधसभा र काठमाडौँ उपत्यकाको माईतिघर मण्डलामा केन्द्रीय विरोधसभा हुने विज्ञप्तिमा उल्लेख छ । 

    उनीहरुले भदौ ६ गते देशव्यापी मसाल जुलुस र ७ गते नेपाल बन्द गर्ने घोषणा गरेका हुन् । देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालहरूमा संघर्ष गर्ने उनीहरुको भनाइ छ । सरकारले जनताका मुद्दाहरुको बेवास्ता गरेमा थप आन्दोलन चर्काउने चार कम्युनिस्ट पार्टीहरुले चेतावनी दिएका छन् । 

     

    नेपाल फेस

    सम्बन्धित समाचार