Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

अवैध सामान बोकेको ट्रकसहित चालक पक्राउ 

अवैध सामान बोकेको ट्रकसहित चालक पक्राउ 

images
images

नेपाल फेस

साउन २७, २०७९ शुक्रबार
  • 1.5K
    SHARES

  • अवैध सामान बोकेको ट्रकसहित चालक पक्राउ 

    झापामा विल विजक अनुरुप नभएका विभिन्न किसिमका सामान बोकेको ट्रकसहित चालकलाई पक्राउ गरिएको छ । गौरादह नगरपालिका, ७ ग्वालडुब्बाबाट सशस्त्र प्रहरीले करीव ९४ लाख ४८ हजार रुपैयाँ बराबरको विल नभएका सामान बोकेको ट्रकसहित उनलाई नियन्त्रणमा लिएको हो । 

    images

    बिर्तामोड नगरपालिका ७ बस्ने ४४ वर्षिय धनिलाल राजबंशीलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा र सुरक्षा वेश बैगुनधुराले पक्राउ गरेको हो।
     
    काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख २१९६ नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको उक्त मुल्य बराबरको नौँ सय ९० केजी रेडिमेड कपाल, लत्ताकपडा, स्टेशनरी, किराना, इलेक्ट्रिकल तथा फर्निचरका सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।  बरामद ट्रकसहित राजबंशीलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाइएको छ ।

    नेपाल फेस

    सम्बन्धित समाचार