Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

यु–१७ को प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

यु–१७ को प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

images
images

नेपाल फेस

साउन २७, २०७९ शुक्रबार
  • 1.5K
    SHARES

  • यु–१७ को प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१७ च्याम्पियनसीप र एएफसी यू–१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ खेलाडी बाहिरिएको जनाएको छ । 

    images

    बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडी मध्येबाट १५ खेलाडी बाहिरिएको जनाएको हो । अब प्रशिक्षणमा टप ३० खेलाडी रहेका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको टोलीबाट शुक्रवार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको एन्फाले बताएको छ । 

    यससँगै अब यु–१७ को बन्द प्रशिक्षणमा ३० खेलाडी मात्र रहेका छन । श्रीलंकामा सेप्टेम्बर ५ हुने आयोजना हुने साफ यु– १७ च्याम्पियनसिपमा नेपाल समूह बीमा रहेको छ । नेपाल रहेको समूहमा भारत र भुटान रहेका छन भने समूह ए मा आयोजक श्रीलंका बंगलादेश र माल्दिभ्स अटाएका छन । यस्तै यु–१७ को अर्को प्रतियोगिता एशियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुँदैछ । त्यसका लागि पनि यही टोलीले सहभागिता जनाउने  तालिका रहेको छ । छनोट खेल भियतनाममा आयोजना हुँदैछ । 

    सम्बन्धित समाचार