Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

नेपालले तीन अर्बमा बिरालोको खाना बेच्यो 

नेपालले तीन अर्बमा बिरालोको खाना बेच्यो 

images
images

नेपाल फेस

साउन २७, २०७९ शुक्रबार
  • 2.1K
    SHARES

  • नेपालले तीन अर्बमा बिरालोको खाना बेच्यो 

    नेपालले एक वर्षमा तीन अर्ब रुपैयाँमा विभिन्न देशलाई बिरालोको खाना बेचेको छ । गत आर्थिक वर्षमा नेपालले २७ देशमा उक्त रकम बराबरको कुकुर र बिरालोको खाना बेचेको हो । 

    images

    २०७८ साउनदेखि २०७९ असार मसान्तसम्म नेपालले ती देशमा २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको कुकुर र बिरालोको खाना निर्यात गरेको भन्सार विभागले जनाएको छ । जसमा ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, ग्रिस, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्याण्ड्स, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार लगायतका देश रहेका छन् । 

    नेपालबाट सबैभन्दा ठूलो मात्रामा कुकुर र बिरालोका खाना अमेरिकाले आयात गर्दै आएको छ । विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष मात्र अमेरिकाले नेपालबाट २ अर्ब ४४ करोड ५० लाख ३७ हजार रुपैयाँको कुकुर र बिरालोको खाना आयात गरेको हो ।

    नेपाल फेस

    सम्बन्धित समाचार