काठमाडौं । विश्वभर तीव्र गतिमा फैलिएको मङ्कीपक्सलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकाल (इमरजेंसी) घोषणा गरेको छ ।
डब्ल्यूएचओले ७५ देशमा फैलिएपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।
विश्वभर १६ हजारभन्दा धेरै संक्रमित पुष्टि भएका छन् । मङ्कीपक्सका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ ।