Logo
  • शनिबार, साउन २८ २०७९Aug 13 2022

बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

नेपाल फेस

असार १७, २०७९ शुक्रबार
  • 2.0K
    SHARES

  • बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

    काठमाडौं।नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिबाना र कैद सजाय तोकिएका दुई अभियुक्तलाई पक्राउ गरेको हो ।

    images

    पक्राउ पर्नेमा महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौंको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।

    ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद तथा जरिबाना ठहर भएका शर्मा र गुरुङलाई  बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिए । 

    पक्राउ परेका शर्मालाई अदालतले ११ दिन कैद सजाय र ५५ लाख जरिबाना तथा गुरुङलाई नौ लाख ९० हजार जरिबाना तथा दुई दिन कैद सजाय हुने फैसला गरेको थियो । 

    images
    सम्बन्धित समाचार