Logo
  • शुक्रबार, साउन २७ २०७९Aug 12 2022

राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

नेपाल फेस

असार १६, २०७९ बिहीबार
  • 2.1K
    SHARES

  • राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

    नयाँदिल्ली । भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मावलम्बीको  हत्यापछि उक्त क्षेत्रमा धार्मिक तनाव बढेको छ । पीडित कन्हैया लाल नामका दर्जीलाई मंगलबार उदयपुर जिल्लामा २ मुस्लिम पुरुषले हत्या गरेका थिए । आक्रमणकारीले हत्या गरेको भिडियो बनाएर अनलाइन पोस्ट गरेका थिए ।

    images

    एक राजनीतिज्ञले मुस्लिम धर्मगुरु  पैगम्बर मुहम्मदको बारेमा गरेको विवादास्पद टिप्पणीको बदलामा सो कार्य गरिएको बताइएको थियो । गत महिना भाजपाकी नेतृ नुपुर शर्माले एक टेलिभिजन बहसमा मुहम्मदबारे विवादास्पद टिप्पणी गरेका थिए । उनको अभिव्यक्तिलाई लिएर मुस्लिम देशले भारतको विरोध गरेका थिए । सत्तारुढ भाजपाले नुपुरलाई पार्टी प्रवक्ताबाट निलम्बित गरेको थियो ।  

    सरकारले इन्टरनेट सेवा बन्द गरेको छ र ठूला जमघटमा प्रतिबन्ध लगाएको छ । भिडियोमा आफुलाई चिनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्को भिडियोमा उनीहरूले हत्याप्रति गौरव गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्की समेत दिएका छन् ।

    भिडियो ‘हेर्नका लागि धेरै भयानक’ भन्दै राजस्थान प्रहरीले प्रसारण नगर्न मेडिया आउटलेटलाई अनुरोध गरेको छ । 

    images
    सम्बन्धित समाचार