Logo
  • शनिबार, साउन २८ २०७९Aug 13 2022

अमेरिकी कम्पनी टेस्लाका कारमा चीनले लगायो प्रतिबन्ध, चिनियाँ सहरमा बिक्री गर्न रोकियो

अमेरिकी कम्पनी टेस्लाका कारमा चीनले लगायो प्रतिबन्ध, चिनियाँ सहरमा बिक्री गर्न रोकियो

नेपाल फेस

असार ८, २०७९ बुधबार
  • 2.1K
    SHARES

  • अमेरिकी कम्पनी टेस्लाका कारमा चीनले लगायो प्रतिबन्ध, चिनियाँ सहरमा बिक्री गर्न रोकियो

    बेइजिङ । जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युती सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिनासम्म प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ । बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई प्रतिबन्ध लगाइने पुष्टि गरेका छन् । यसको आधिकारिक घोषणा चाँडै हुने जनाइएको छ ।

    images

    ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे बैठक हरेक वर्ष हेबेई प्रान्तको रिसोर्ट सहरमा आयोजना गरिन्छ । बैठकमा अघिल्लो पुस्ताका चिनियाँ नेता मुख्य घरेलु मुद्दामा अनौपचारिक वातावरणमा भेला हुन्छन्  । यो  बैठक हरेक वर्ष जुनको अन्त्यदेखि अगस्टको सुरुमा बस्छ ।

    टेस्ला कारमा जडान गरिएका क्यामेराले जासुसी गर्न सक्ने आशंकामा प्रतिबन्ध लगाइएको जनाइएको छ । टेस्लाको तेस्रो मोडलमा ८ ओटा क्यामेरा तथा मिलिमिटर–वेभ राडार र १२ अल्ट्रासोनिक सेन्सर जडान गरिएका छन् । एजेन्सी
     

    images
    सम्बन्धित समाचार