Logo
  • शनिबार, साउन २८ २०७९Aug 13 2022

जापानको अदालतले भन्यो–समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक होइन

जापानको अदालतले भन्यो–समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक होइन

नेपाल फेस

असार ७, २०७९ मंगलबार
  • 1.2K
    SHARES

  • जापानको अदालतले भन्यो–समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक होइन

    टोकियो । जापानको एक अदालतले समलिंगी विवाहमाथिको प्रतिबन्ध असंवैधानिक नभएको फैसला गरेको छ । ओसाकाको जिल्ला अदालतले यस्तो फैसला गरेको हो । पछिल्लो फैसलाले  एलजीबीटीक्यू अधिकारलाई ठूलो धक्का दिएको छ । यसअघि तीन जना समलिंगी जोडीले ओसाका जिल्लामा मुद्दा दायर गर्दै १० लाख यन क्षतिपूर्ति मागेका थिए ।

    images

    विवाह गर्न नसक्ने उनीहरुको दाबीलाई अस्वीकार गर्दै अदालतको फैसलामा भनिएको छ, ‘व्यक्तिगत मर्यादाको परिप्रेक्ष्यमा हेर्दा समलिंगी जोडीलाई आधिकारिक मान्यताको माध्यमबाट सार्वजनिक रूपमा मान्यता दिइने फाइदा महसुस गर्न आवश्यक छ । ’

    जापानको संविधान अनुसार विवाहलाई दुवै लिंगको पारस्परिक सहमतिको आधारमा परिभाषित गरिएको छ । जापान समलिंगी विवाहलाई अनुमति नदिने एक मात्र जी ७ देशका समूहको सदस्य हो । जनमत सर्वेक्षणले धेरैजसो सर्वसाधारण जापानमा समलिंगी विवाहलाई अनुमति दिने पक्षमा रहेको देखाएको छ ।

    टोकियो सहित धेरै क्षेत्रले समलिंगी जोडीहरूलाई सम्पत्ति भाडामा दिनका लागि सहयोग गर्न साझेदारी प्रमाणपत्र जारी गर्न थालेका छन् । एजेन्सी

    images
    सम्बन्धित समाचार