Logo
  • शुक्रबार, साउन २७ २०७९Aug 12 2022

अपराधीलाई उन्मुक्ति दिने प्रहरीभन्दा ठूलो अपराधी कोही हुन सक्दैन - प्रजिअ गौतम

अपराधीलाई उन्मुक्ति दिने प्रहरीभन्दा ठूलो अपराधी कोही हुन सक्दैन - प्रजिअ गौतम

नेपाल फेस

जेठ २७, २०७९ शुक्रबार
  • 1.7K
    SHARES

  • अपराधीलाई उन्मुक्ति दिने प्रहरीभन्दा ठूलो अपराधी कोही हुन सक्दैन - प्रजिअ गौतम

    सप्तरी।सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले  कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति दिन खोज्ने प्रहरीभन्दा ठूलो अपराधी कोही हुन नसक्ने बताएका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार सामुदायिक प्रहरी साझेदारीमा नागरिक सुनुवाइ कार्यक्रमको प्रमुख अतिथि रहेका गौतमले उक्त कुरा बताएका हुन् ।

    'जन्मेदेखि चिहानसम्मको सबै काम प्रहरी नजिक ठोक्किएर आउँछ । प्रहरीको जनशक्ति थोरै भए पनि जन अपेक्षा धेरै छ । त्यसैले प्रहरीले आम नागरिकसँग कहिले पनि भेदभाव र धोखा गर्न हुँदैन,' उनले भने ।

    जनताले प्रहरीबाट सस्तो र सजिलो न्याय पाउनु पर्नेमा उनले जोड दिए । सेवा प्रदान गर्ने क्रममा भएका कमीकमजोरी नागरिकले औँल्याइ दिएकाले कमीकमजोरी सुधार गर्नुपर्ने भनाइ प्रजिअ गौतमको भनाइ थियो ।

    उनले प्रहरीले धेरै प्रयास गरे पनि सडक दुर्घटना न्यूनीकरण गर्न नसकेकोले यसको न्यूनीकरणका लागि सबैले सहयोग गर्नुपर्ने बताए । अपराधीहरूलाई सप्तरी प्रहरीले समात्दै आए पनि कतिपय घटनामा टेक्निकल समस्या भएकोले अनुसन्धान गर्न कठिनाइ र ढिलो भइरहेको हो । सप्तरी प्रहरीले गरेको काम सराहनीय रहेको प्रजिअ गौतमको भनाई रहेको थियो ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख अभिनारायण काफ्लेले नागरिक बिना बर्दिको प्रहरी भएको बताए ।

     

    images

    नेपाल फेस

    सम्बन्धित समाचार