Logo
  • शनिबार, असार १८ २०७९Jul 02 2022

अन्ततः पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घट्ने

अन्ततः पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घट्ने

नेपाल फेस

जेठ १३, २०७९ शुक्रबार
  • 1.9K
    SHARES

  • अन्ततः पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घट्ने

    काठमाडाैं । अन्ततः पेट्रोलियम पदार्थको कर घट्ने भएको छ ।

    गत मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर घटाउने सहमति गरेकाे हाे ।

    मन्त्रिपरिषद्को निर्णयले हाल कायम विभिन्न शीर्षकका करबाट कम्तिमा १० रुपैयाँ घटाउने गरी सैद्धान्तिक सहमति दिएको अर्थमन्त्रालयले जनाएको छ । तर हालसम्म कुन कर घटाइने भन्नेमा भने निश्कर्ष निस्किएको छैन ।

    पेट्रोलियम पदार्थमा भन्सार तथा प्रज्ञापन शुल्क, सडक मर्मत सम्भार शुल्क, प्रदुषण शुल्क, पूर्वाधार कर र मूल्य स्थिरीकरण कोषमा जाने रकम जोडेको हुन्छ।

    यी सबै कर र शुल्क जोड्दा एक लिटर पेट्रोल (१८० रूपैयाँ) मा ६३ रूपैयाँ ३४ पैसा सरकारी खातामा जान्छ। 

    सम्बन्धित समाचार