Logo
  • शनिबार, असार १८ २०७९Jul 02 2022

आयल निगमको डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा आगलागी, एक जना घाइते

आयल निगमको डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा आगलागी, एक जना घाइते

नेपाल फेस

जेठ १३, २०७९ शुक्रबार
  • 2.5K
    SHARES

  • आयल निगमको डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा आगलागी, एक जना घाइते

    रूपन्देही । रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो तेल खन्याउने क्रममा दुइटा  ट्यांकरमा अचानक आगलागी भएको छ ।

    ईलाका प्रहरी कार्यालय मंगलापुर अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा बिहान ११:४० मा आगो लागेको हाे । 

    प्रहरीका अनुसार लु २ ख २६५६ नम्बरको ट्यांकरमा पूर्ण रूपमा क्षति भएको छ भने आगलागीमा परी ट्यांकरका हेल्पर तिलोत्तमा ९ का १८ वर्षीय विजेश चौधरी घाइते भएका छन् ।

    सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलबारी आयल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएका थिए।

    सम्बन्धित समाचार