Logo
  • शनिबार, असार १८ २०७९Jul 02 2022

१२ देशमा मंकीपक्सका ८० भन्दा बढी केस पुष्टि 

१२ देशमा मंकीपक्सका ८० भन्दा बढी केस पुष्टि 

नेपाल फेस

जेठ ८, २०७९ आइतबार
  • 3.6K
    SHARES

  • १२ देशमा मंकीपक्सका ८० भन्दा बढी केस पुष्टि 

    एजेन्सी । कम्तिमा १२ देशमा मंकीपक्सका ८० भन्दा बढी केसहरू पुष्टि भएका छन् । विश्व स्वास्थ्य संगठनले कुनै पनि देशको नाम नलिइकन थप ५० संदिग्ध केसहरू अनुसन्धान भइरहेको जनाएको छ  । अझै बढी केसहरु बढ्ने चेतावनी पनि डब्लूएचओले जनाएको छ । 

    अमेरिका, क्यानडा र अस्ट्रेलियाबाहेक ९ ओटा युरोपेली देशहरुमा संक्रमण पुष्टि भइसकेको छ । मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम क्षेत्रमा मंकीपक्स बढी मात्रामा देखिन थालेको छ । 

    बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार यो एक दुर्लभ भाइरल संक्रमण हो, जसको  सामान्यतया हल्का असर हुन्छ र अधिकांश संक्रमित केही हप्तामा निको हुन्छन् । 

    भाइरस मानिसमा सजिलै नसर्ने  र जोखिम निकै कम रहेको बताइएको छ । मंकीपक्सको लागि कुनै विशेष खोप छैन । तर, बिफरको खोपले ८० प्रतिशत सुरक्षा प्रदान गर्दछ, किनकी दुई भाइरसहरू निकै समान छन् । 

    हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा केसहरू पुष्टि गरेका छन् । शुक्रबार एक विज्ञप्तिमा डब्ल्यूएचओले हालैका प्रकोपहरू असामान्य रहेको र त्यो अन्य देशहरुमा फैलिएको जनाएको छ । 
     

    सम्बन्धित समाचार