Logo
  • शनिबार, जेठ १४ २०७९May 28 2022

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन्

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन्

नेपाल फेस

वैशाख २७, २०७९ मंगलबार
  • 3.1K
    SHARES

  • भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन्

    काठमाडौं । भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् । उनी निकट स्रोतले सन्जुको मृत्युको पुष्टि गर्दै थप विवरण केहीबेरमा सार्वजनिक गर्ने बतायो । घटनाको पूरा विवरण खुल्न बाँकी छ ।

    नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् । ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृत अवस्थामा फेला परेको स्रोतले बतायो ।

    सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । अनलाइन खबरमा समाचार छ ।

    सम्बन्धित समाचार