काठमाडौं । दक्षिण एशियाको अग्रणी प्रि स्कूल सञ्जाल यूरो किड्सले नयाँ पाठयक्रम सुरु गरेको छ । यूरो किड्सले बालबालिकाहरुको समग्र विकास सुनिश्चित गर्नको लागि EUNOIA नामक नयाँपाठ्यक्रमको सुरुवात गरेको हो।
आज काठमाडौंको होटल सोल्टीमा यूरो किड्स स्कूलले एक कार्यक्रम गरि EUNOIA नामक नयाँ पाठ्यक्रम सुरु गरेको बताएको छ । यस पाठ्यक्रमले बालबालिकाको सर्वाङगिण विकासको लागि दिमाग शरीर र आत्मालाई सुधार गर्न महत पुग्ने विश्वास लिइएको पाठ्यक्रम विकास प्रमुख डा. अनिता मदानले जानकारी दिएकी छिन् । नयाँ पाठ्यक्रमले बालबालिकामा संज्ञानात्मक प्रभावकारी र कार्यसम्पादनमा आधारित सीपहरू अभिवृद्धि गर्ने उद्देश्यका साथ चाइल्ड फर्स्ट र जोय अफ लर्निङ विचारधाराबाट यो पाठयक्रमको डिजाइन गरिएको पाठ्यक्रम विकास डा. मदानले जानकारी दिएकी छिन् । उनले भनिन् यो पाठयक्रमले बच्चाहरुलाई आफ्ना साथी र शिक्षकहरूसँग अन्तरक्रिया गर्ने धेरै अवसरहरू प्रदान गर्नेछ । यस पाठयक्रमले मिश्रित सिकाई मार्फत बालबालिकाहरुलाई अन्य बालबालिकाहरूको तुलनामा धेरै नयाँ कुराहरु सिक्ने अवसरहरू प्रदान गर्ने पनि मदानले बताइन्।
यूरो किड्स स्कूलका सीईयो केभिएस शेषसाइ भन्छन् - हामी यो पाठ्यक्रम पेश गर्न पाउँदा धेरै खुसी छौ, जुन नेपालका बालबालिकाहरुको भविष्यका लागि चाहिने सीपहरू हासिल गर्न मद्दत पुग्ने गरी तयार गरेका छौ ।
यूरोकिड्समा हामी चाइन्ड फर्स्ट विचारधारामा विश्वास र हाम्रो ध्यान बालबालिकाको दिमाग, शरीर र आत्माको विकासमा छ जसले बच्चाहरुलाई चलाख उत्तरदायी नागरिक बन्न मद्दत गर्नेछ ।
यूरो किड्सको नयाँपाठ्यक्रमलाई तीन खण्डमा यसरी विभाजित गरिएको छ । जसमा दिमाग शरीर र आत्मा समावेश छन्।
दिमाग :
१. इयू फोनिक्स : यो एक फोनिक्स आधारित भाषा कार्यक्रम हो । यसले बालबालिकाहरुलाई वर्णमालाका अक्षरहरू चिन्हको लागि अक्षर र सो अक्षरबाट बन्ने ध्वनिको सहयोगमा सिकाई अगाडि बढाउनेछ।
२. म्याथल्याव : यस कार्यक्रमले बालबालिकाहरुलाई गणितका अवधारणाहरू बुझ्न सहयोग पुग्नेछ। मूर्त र अमूर्त गणितका अवधारणाहरू बुझाउनको लागि भिज्यूअलर बालमैत्री कार्यक्रमहरू यसमा समावेश गरिएको छ ।
● वैज्ञानिक स्पार्क : यस पाठयक्रमले वालवालिकाहरुलाई वैज्ञानिक सोच विकास गर्न मद्दत पुयाउँदछ। उनीहरूलाई अवलोकन गरेर भविष्यवाणी मार्फत नयाँ सत्यहरू फेला पार्न वा पत्ता लगाउन सहयोग गर्नेछ।
शरीर :
१. यूरोफिट : यूरो किड्सको लागि हेल्थ सेट गो नामक संस्थाले बनाएको यस कार्यक्रम अन्तर्गत बालबालिकाहरूको शारीरिक अवस्थालाई मजबुत बनाउन सहयोग पुग्नेछ । यो पाठ्यक्रम अन्तर्राष्ट्रिय टेनरहरुको सहयोगमा तयार पारिएको हो । उक्त पाठयक्रम उत्पादन गर्ने संस्था आईओएसओबाट सर्टिफइट संस्था समेत हो ।
२. योगकिड्स : योगाकिड्स स्कूलको संस्थापक र निर्देशक श्रद्धा सेटलवाडद्वारा विशेष रुपमा डिज़ाइन गरिएको यो कार्यक्रममा बालबालिकालाई सानै उमेरदेखि योगाको बारेमा जागरुक बनाइन्छ । ध्यान र स्वासप्रश्वासको माध्यमबाट उनीहरुलाई सानै उमेरमा आफ्नो शरीरको बारेमा सचेत हुन यो कार्यक्रम लागू गरिएको हो।
आत्मा
१ .यूरो म्यूजिक : एनी मीकरसँगको सहकार्यमा तयार गरिएको यस कार्यक्रमले बालबालिकाहरुलाई सामाजिक विकास, भाषा र साक्षरताको वृद्धि गर्नको लागि गीतको संगीतको माध्यमबाट सहयोग पुर्याउने छ । २. माइन्डफुल प्लस : यस कार्यक्रमले बालबालिकालाई भूत वा भबिश्यमा ध्यान केन्द्रित गर्नुको सट्टा वर्तमानमा ध्यान केन्द्रित गर्न सिकाउँछ। यो कार्यक्रम फातिमा खादरद्वारा तयार पारिएको हो।
उनीसँग शैक्षिक क्षेत्रमा बालबालिकाहरुको लागि लामो समयसम्म काम गरेको अनुभव छ ।
कोरोना महामारीको समयमा यूरोकिड्सले बालबालिकाहरुको लागि HomeBuddy App लन्च गरेको थियो। महामारीको समयमा घरभित्र रहेका बालवालिकाहरुको सिकाईमा रोकावट नआओस् भन्ने उद्देश्यले उक्त एप सञ्चालनमा ल्याइएको थियो।
दुई दशकदेखि एसियाका ३५० भन्दा बढी शहरहरूमा एक हजार दुईसय भन्दा बढी प्रि स्कुलहरूको नेटवर्क बनाएको यस संस्थाले नेपालमा सन् २००८ मा यूरो किड्सको पहिलो केन्द्र स्थापना गरेको थियो । हाल नेपालमा यसका राजधानी काठमाडौ लगायत ललितपुर, काभ्रे, बिराटनगर, झापा र धनगढीमा गरि जम्मा २८ वटा प्रि स्कुलहरू सञ्चालनमा छन् ।