Logo
  • मंगलबार, माघ १७ २०७९Jan 31 2023

३३ जना कोरोना संक्रमित थपिंदा ८९ जना निको भए

३३ जना कोरोना संक्रमित थपिंदा ८९ जना निको भए

images

नेपाल फेस

चैत २१, २०७८ सोमबार
  • 3.1K
    SHARES

  • ३३ जना कोरोना संक्रमित थपिंदा ८९ जना निको भए

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९४२ जनाको पीसीआर परीक्षण गर्दामा ३२ जना र २ हजार ११७ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ८९ जना निको भएका छन् भने हाल देशभर ८४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ८०६ जना होम आइसोलेसनमा रहेका छन् भने ३६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    कोरोनाका बिरामीमध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार 648 पुगेको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ७१४ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै १० वर्ष मुनिका १ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका कसैमा पनि कोरोना संक्रण देखिएको छैन।

     

    सम्बन्धित समाचार