Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

रुसी सेनाले युद्धबिराम गरेको भनिएको मारिओपोलमा गोलाबारी र बम हमला

रुसी सेनाले युद्धबिराम गरेको भनिएको मारिओपोलमा गोलाबारी र बम हमला

images
images

नेपाल फेस

फागुन २२, २०७८ आइतबार
  • 8.3K
    SHARES

  • रुसी सेनाले युद्धबिराम गरेको भनिएको मारिओपोलमा गोलाबारी र बम हमला

    एजेन्सी । रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएका छन् । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो । 

    images

    रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् । 
    रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् । 

    ‘आवासीय ब्लकहरुमा निरन्तर गोलाबारी जारी छ । आवासीय क्षेत्रमा विमानले बमहरु खसालि रहेका छन् ’ उनको भनाई उदृत गर्र्द एपी समाचार संस्थाले जनाएको छ ।

    सम्बन्धित समाचार