Logo
  • शनिबार, असोज १५ २०७९Oct 01 2022

गर्भवती महिलाको मृत्युपछि अस्पताल तोडफोड

गर्भवती महिलाको मृत्युपछि अस्पताल तोडफोड

images
images

नेपाल फेस

फागुन २०, २०७८ शुक्रबार
  • 2.5K
    SHARES

  • गर्भवती महिलाको मृत्युपछि अस्पताल तोडफोड

    उदयपुर । जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बन्न पुगेको छ । अस्पतालमा शुक्रबार बिहान  गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन ।

    images

    अस्पतालमा केही दिन अघि सुत्केरी गराउन ल्याएकी उदयपुरगढी गाउँपालिका- ६ नेपालटारकी ३२ वर्षिय गर्भवती महिला सीता राउत कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । 

    तर, मृतकका आफन्तले भने स्वास्थ्यकर्मीको लापरबाहीले सीताकाे मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका हुन । गर्भवती सीताकाे उपचार अभावमा मृत्यु भएको उनको आफन्तले आरोप लगाएका छन् । गत १७ फागुनमा नै सुत्केरी गराउन जिल्ला अस्पताल गाईघाट ल्याएकी उनकाे  उपचार नपाएरै मृत्यु भएको श्रीमान् अर्जुन कार्कीले बताए ।

    जिल्ला अस्पतालका डाक्टरहरूले १७ फागुनदेखि नै नर्मल डेलिभरी हुन्छ भन्दा भन्दै राखेर श्रीमतीको उपचार नै नपाएर मृत्यु भएको श्रीमान कार्कीले आरोप लगाए । 'नर्मल हुन्छ किन बाहिर लैजान्छौ भनेर राखे । तर, अहिले श्रीमतीको मृत्यु भयाे,' कार्कीले बताए ।

    पीडितका आफन्तले अस्पतालको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड गरेका हुन् । अस्पताल तोडफोडपछि अस्पतालबाट दिइँदै आएको सम्पूर्ण सेवा बन्द भएको छ । ओपिडि चलिरहेको समयमा एक्कासि तोडफोड हुन गएपछि अस्पताल पुगेका सर्वसाधारणकाे भागाभाग भएको छ । अस्पतालका चिकित्सकले भने गर्भवतीको अवस्था खराब रहेकाले तत्काल अप्रेसन गर्न आग्रह गर्दै मृतकका आफन्तले नमानेका कारण सीताकाे मृत्यु हुन पुगेकाे बताउँछन् । 

    सम्बन्धित समाचार