Logo
  • शनिबार, जेठ १४ २०७९May 28 2022

स्राेत नखुलेको १० लाख रूपैयाँसहित दुई जना पक्राउ

स्राेत नखुलेको १० लाख रूपैयाँसहित दुई जना पक्राउ

नेपाल फेस

माघ ७, २०७८ शुक्रबार
  • 2.1K
    SHARES

  • स्राेत नखुलेको १० लाख रूपैयाँसहित दुई जना पक्राउ

    सप्तरी । सप्तरीमा स्रोत नखुलेको १० लाख रूपैयाँसहित दुई युवक पक्राउ परेका छन् । भारतबाट नेपाली रकम भित्र्याएको आंशकामा चेकजाँच गर्दा  डाक्नेश्वरी-५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ नगरपालिका-१२ का २४ वर्षीय दिलीपकुमार मण्डललाई अवैध १० लाख रुपैयाँसहित पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । 

    राजविराज–हनुमाननगर सडकखण्डअन्तर्गत छिन्नमस्ता अस्पताल अगाडि चेकजाँच गर्दा प्रदेश २-०१-००३ प ३४७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट नाै लाख ९० हजार रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी  कार्यालय सप्तरीले जानकारी दिएको छ।

    स्रोत नखुलेको अबैध रुपैयाँ मोटरसाइकल र आरोपित दुई युवकमाथि थप अनुसन्धान कार्यका लागि सुनसरीको राजश्व कार्यालय इटहरी बुझाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार