Logo
  • शनिबार, जेठ १४ २०७९May 28 2022

यो पंक्षी जो शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराईमा पुग्छ

यो पंक्षी जो शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराईमा पुग्छ

नेपाल फेस

माघ ७, २०७८ शुक्रबार
  • 2.4K
    SHARES

  • यो पंक्षी जो शिकारका लागि समुद्रभित्र ६२ फिट गहिराईमा पुग्छ

    एजेन्सी । कालो र खैरो रंगको अल्बाट्रोसेस नाम गरेको समुद्री पक्षी पंक्षी शिकारका लागि समुद्रभित्र ६२ फिट (१९ मिटर) सम्म पुग्ने एउटा पछिल्लो अध्ययनले निस्कर्ष निकालेको छ । युनिभर्सिटी अफ अक्सफोर्डका अनुसन्धानकर्ता गरेको एउटा अध्ययनमा यस्तो निस्कर्ष निकालिएको हो ।

     यसअघिका अध्ययनले सो चरा २० देखि ३० फिट गहिराईमा पुग्ने बताइएको थियो । समुद्री अल्बाट्रोसको अस्थित्व जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन् । 

    अनुसन्धानकर्ताहरुका अनुसार १५ देखि २२ अल्बाट्रोस प्रजाति लोपन्मुख अवस्थामा छन् । पछिल्ला दशकमा यो चराको संख्या पनि ह्वात्तै घटेको छ । ठूला समुद्रामा माछा मार्न राखिएका हुक र अन्य पासोमा परेर अल्बाट्रोसको संख्या घटेको हो । 

    यो चरा प्रायः दिउसोको समयमा समुद्रमा हाम फाल्ने गरेको अनुसन्धाकर्ताहरुको भनाई छ । अध्ययनको निस्कर्ष करेन्ट वायोलोजीमा प्रकाशित छ । 

    सम्बन्धित समाचार