Logo
  • शनिबार, जेठ १४ २०७९May 28 2022

धोविखोला कोरिडोरमा सीसी क्यामेरा जडान गर्न मन्त्री झाँक्रीको निर्देशन

धोविखोला कोरिडोरमा सीसी क्यामेरा जडान गर्न मन्त्री झाँक्रीको निर्देशन

नेपाल फेस

माघ ७, २०७८ शुक्रबार
  • 3.3K
    SHARES

  • धोविखोला कोरिडोरमा सीसी क्यामेरा जडान गर्न मन्त्री झाँक्रीको निर्देशन

    काठमाडौं । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थान कम गर्न वैकल्पिक सडको रुपमा निर्माण गरिएको धोविखोला कोरिडारमा फोहोर फ्याक्ने क्रम बढेसँगै सिसी क्यामेरा जडान गरेर निगरानी गरिने भएको छ ।

    धोविखोला आसपासको क्षेत्रमा फोहोर फ्याक्दा प्रदुषण बढदै गएपछि फोहोर फ्याक्नेको पहिचान गरेर कारवाही गर्न सिसी क्यामेरा जडान गर्न लागिएको हो ।

    धोविखोलाको दायाँबायाँ निर्माण गरिएको कोरिडारलाई सफा राख्न चुनौती थपिसँगै प्रविधिको प्रयोग मार्फत निगरानी बढाइने योजना शहरी विकास मन्त्रालयले अगाडि सारेको छ ।

    कोरिडार अन्तर्गत पुल आपसापको क्षेत्रमा रहेका पुलमुनि फोहोर फ्याक्ने क्रम बढेकाले सिसी क्यामेरा जडान गरेर निगरानी गर्न मन्त्रालयले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएको छ ।

    बागमती दोभानदेखि बुढानिलकण्ठसम्म दायाँबायाँ १२/१२ किलोमिटर गरेर २४ किलोमिटर कोरिडार निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । बाँकी पाँच प्रतिशत काम निर्माणकै चरणमा रहेको छ । तीन वटा घरलाई मुअब्जा दिन बाँकी रहेका कारण कोरिडोर पूर्ण रुपमा सञ्चालनमा आउन सकिरहेको छैन् । प्राधिकरणले तीन वटा घरलाई मुअब्जा दिनको लागि शहरी विकास मन्त्रालयमा बजेट माग गरेर पठाइसकेको छ ।

    धोवीखोला कोरिडारको क्षेत्रमा फोहोर फ्याक्ने र मापदण्ड विपरीत ढल मिसाउने क्रम बढेसपछि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले स्थलगत अनुगमन गरेर देखा परेका समस्या तत्काल समाधान गर्न प्राधिकरणलाई निर्देशन दिएकी छन् । नेपाल समाचारपत्र दैनिकबाट 

    सम्बन्धित समाचार