Logo
  • शनिबार, माघ ८ २०७८Jan 22 2022

एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी

एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी

नेपाल फेस

पुस ३०, २०७८ शुक्रबार
  • 595
    SHARES

  • एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी

    सुर्खेत । एमाले कालीकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । 

    नवौं जिल्ला अधिवेशनकाे शुक्रबार अन्तिम मतगणनामा पाण्डेले ३३३ मत पाएका थिए भने शाहीले २९७ मत पाएका थिए । 

    उपाध्यक्षमा दयाराम सिंम्खडा ३८० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टेकबहादुर बुढाले ३४४ मत ल्याएर विजयी भएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी पार्वती सिंहले ३३२ मत ल्याइकी थिइन् ।

    सहचिवमा व्यासी तिरुवा ३९० मत र मनराज शाही २६९ मत ल्याएर विजयी भएको एमाले जिल्ला निर्वाचन अधिकृत तुलाराम पाण्डेले जानकारी दिए । 

    सम्बन्धित समाचार