Logo
  • शनिबार, साउन २८ २०७९Aug 13 2022

६ सचिवको सरुवा, रक्षा मन्त्रालयमा शर्मा

६ सचिवको सरुवा, रक्षा मन्त्रालयमा शर्मा

नेपाल फेस

पुस २५, २०७८ आइतबार
  • 7.7K
    SHARES

  • ६ सचिवको सरुवा, रक्षा मन्त्रालयमा शर्मा

    काठमाडौँ । सरकारले सचिवहरुको सरुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयको रिक्त सचिवमा बागमती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई सरुवा गरेको छ । रक्षा मन्त्रालयका सचिव बेगेन्द्राज शर्मा पुस १४ मा अवकाश भएपछि रिक्त भएको पदमा शर्माको सरुवा भएको हो ।  

    images

    प्रदेश नं २ का प्रमुख सचिव हरिप्रसाद मैनालीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दरबन्दी राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको छ ।

    यसैगरी सहसचिवदेखि सचिव बढुवा भएपछि पनि ३ महिनादेखि ६ महिना पनि एउटै कार्यालयमा टिक्न नसक्ने भनेर चिनिएका सुदूर पश्चिम प्रदेशका प्रमुख सचिव मधुसूदन बुर्लाकोटी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएका छन् । राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरे जल तथा ऊर्जा आयोगमा सरुवा भएका छन् । सतर्कता केन्द्रमा खारेज भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीलाई लगिएको छ ।

    images
    सम्बन्धित समाचार