Logo
  • शनिबार, माघ ८ २०७८Jan 22 2022

लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ

लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ

नेपाल फेस

मंसिर १४, २०७८ मंगलबार
  • 1.6K
    SHARES

  • लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ

    विशाल बस्नेत 

    महोत्तरी  । महोत्तरीको सम्सीबाट लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने  शनि नेपाली रहेका महोत्तरी प्रहरीले जनाएको छ ।

    भारतीय सीमानाका सम्सीबाट गौशाला बजारतर्फ सवार अटो रिक्सालाई जाँच गर्ने क्रममा किशोरले कम्मरमा लगाएको पेटीभित्र कालो प्लास्टिकमा लुकाएको लागूऔषध भेटिएको महोत्तरी जिल्ला प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

    बालकको साथबाट चार पत्ता नाइट्रोभेट (६० पिस) र दुई पत्ता स्पास्मो प्रोक्सिभन (१६ पिस) ट्याब्लेट बरामद भएको छ ।

    बालकलाई प्रहरी हिरासतमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  न्युज कारखाना

    सम्बन्धित समाचार