Logo
  • शनिबार, माघ ८ २०७८Jan 22 2022

गठबन्धनले देशभर अहंकारी सत्ता बढार्‍यो : मुख्यमन्त्री केसी

गठबन्धनले देशभर अहंकारी सत्ता बढार्‍यो : मुख्यमन्त्री केसी

नेपाल फेस

मंसिर १४, २०७८ मंगलबार
  • 1.4K
    SHARES

  • गठबन्धनले देशभर अहंकारी सत्ता बढार्‍यो : मुख्यमन्त्री केसी

    गुल्मी । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता कुल बहादुर केसीले गठबन्धनले देशभर अंहकारी सत्ता बढारिएको बताएका छन् ।

    नेकपा माओवादी केन्द्र धुर्कोट गाउँपालिकाको दोस्रो गाउँ अधिवेशनलाई सम्बोधन गर्दै केसीले सहिदको रगतले प्राप्त संविधान र गणतन्त्रको विरुद्ध कदम उठाउने ओलीको अहंकार तोडेर संविधान र गणतन्त्रको रक्षाको लागि गठबन्धनको यात्रा अगाडी बढेको प्रतिक्रिया दिए ।

    उनले कांग्रेससँग वैचारिक मत फरक भए पनि प्रतिगमनविरुद्ध देखिको सम्बन्धलाई अहिलेसम्म कायम राखेकै कारण केन्द्रदेखि प्रदेशसम्म एमालेले सत्ता छोड्नु परेको बताए । केसीले धुर्कोट गाउँपालिका सबै हिसाबले अब्बल देखिएकोप्रति खुसी व्यक्त गर्दै चौबिसे राज्य अब माओवादीको राज्य भएको बताए ।

    सोही अवसरमा केसीले कृषि र पशुपालनको माध्यबाट समृद्ध प्रदेश निर्माण गर्न प्रदेश विकास बैंक सञ्चालनको तयारीमा रहेको बताए । ‘अरू बैंकले किसानलाई कर्जा दिन्छु भनेर दुःख दिए । अब किसानलाई प्रदेश विकास बैंकले कर्जा सरल रूपमा कर्जा दिन्छ,’उनले भने,‘हामी गफ होइन काम गर्छौ ।’

    सम्बन्धित समाचार