Logo
  • शनिबार, माघ ८ २०७८Jan 22 2022

कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडे पक्राउ

कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडे पक्राउ

नेपाल फेस

मंसिर १४, २०७८ मंगलबार
  • 1.5K
    SHARES

  • कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडे  पक्राउ

    काठमाडौं । काठमाडौं प्रहरी परिसरको टोलीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

    कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।

    काठमाडौं प्रहरीका अनुसार प्रहरी प्रभाग, कोटेश्वरबाट परिचालित टोलीले छापा हान्दा २० बुक ताससहित ६ लाख ५८ हजार तीन सय रुपैयाँ बरामद गरेको छ ।

    पक्राउ पर्ने जुवाडेमा घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना र रामेछापका सागर केसी छन् । उनीहरुविरुद्ध जुवा ऐन अनुसार कानूनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार