Logo
  • शुक्रबार, साउन २७ २०७९Aug 12 2022

सचिवहरु हेरफेरको तयारी, पर्यटनमा महेश्वर न्यौपाने, सहरीमा गेलाल र सिग्देलको दौडधूप

सचिवहरु हेरफेरको तयारी, पर्यटनमा महेश्वर न्यौपाने, सहरीमा गेलाल र सिग्देलको दौडधूप

नेपाल फेस

मंसिर १०, २०७८ शुक्रबार
  • 50.7K
    SHARES

  • सचिवहरु हेरफेरको तयारी, पर्यटनमा महेश्वर न्यौपाने, सहरीमा गेलाल र सिग्देलको दौडधूप

    काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको सरकारका मन्त्री र सचिवबीच ठाकठुक सुरु भइसकेको छ । देउवा प्रधानमन्त्री भएपछि संचार तथा सूचना प्रविधि, रक्षा, गृह, अर्थ जस्ता मन्त्रालयमा सचिवहरु परिवर्तन भए पनि अन्यत्रका सचिवहरु यथावत छन् । अघिल्लो सरकारकै पालाका सचिवमध्ये संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कानुन, न्याय तथा संसदीय ब्यवस्था मन्त्रालय, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा, स्वास्थ्य, सहरी, श्रम, महिला, बालबालिका लगायतका मन्त्रालयका सचिव परिवर्तन भएका छैनन् ।

    images

    संयुक्त सरकार भएकाले सचिवहरुले मन्त्रीहरुलाई बेवास्ता गर्ने गर्दा पर्यटन मन्त्रालयमा विवाद नै भएको छ । पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको मन्त्री प्रेम आलेसँग टसल परिसकेको छ । पर्यटन मन्त्रालयमा सरुवा हुनका लागि प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले निकै प्रयास गर्दैआएका छन् ।

    पर्यटन मन्त्रालयमा यो उनको दोस्रो पटकको इन्ट्री हो । यसअघि देउवा सरकारकै पालामा जितेन्द्र देव पर्यटन मन्त्री हुादा उनी पर्यटन सचिव थिए । लुम्बिनी विकास कोषको नियुक्ति अड्काएपछि ओली प्रधानमन्त्री हुने दिन २०७४ फागुन २ मा उनको सरुवा भएको थियो । ओली सरकारमा आएपछि न्यौपानेले लामो समय गृहमन्त्रालय सम्हाल्ने मौका पाए । 

    सहरी विकास मन्त्री झाँक्रीलाई मन्त्रालयको टीमले जल तथा ऊर्जा आयोगका सचिव मणिराम गेलाललाई ल्याउन सुझाव दिइरहेको छ । तर मन्त्रालय बाहिरको एउटा समूह भने नेपाल ट्रष्टका सचिव गोपालप्रसाद सिग्देललाई ल्याउनुपर्नेमा जोड दिइरहेको छ । सडक विभाग अन्तर्गत उत्तर दक्षिण ६ लेन सडक आयोजनादेखि सडक विभागको डीजी हुँदा पनि ठेक्का सेटिङको आरोप उनीमाथि लाग्ने गरेको छ ।

    विभागको डीजी हुँदा धरान–चतरा (हाल मदन भणडरी), हुलाकी सडक आयोजना, मध्यपहाडीदेखि भैरहवा बेलहिया जस्ता सडकमा ७ वटा ठेकेदारले मात्र भाग लिन पाउने गरी प्याकेज बनाएर प्रतिस्पर्धालाई सीमित गरी ठूलो घोटाला गरेको आरोप उनीमाथि लाग्दैआएको छ । १ खर्बको ठेक्का सेटिङमा दिएर सिग्देल र तत्कालीन भौतिक पूर्वाधार सचिव देवेन्द्र कार्कीले ठेकेदारबाट कुस्त घुस लिएको आरोपमा अख्तियारले समेत छानबिन गरेको थियो । सिग्देलले पहिलो प्राथमिकता भौतिक पूर्वाधार र दोस्रोमा सहरीमा जानका लागि मन्त्रीका नजिकका सबै संयन्त्र परिचालन गरेका छन् ।  सिग्देलले रमण कन्ष्ट्रक्सनका संचालक पवन महतोमार्फत् मन्त्रीलाई भेटेर सहरी मनत्रलयमा जजाने च्यानल मिलाउन लागेको स्रोत बताउँछ । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणकुमारी यादव पनि सचिव रविन्द्रनाथ श्रेष्ठसँग सन्तुष्ट छैनन् । खानेपानी तथा सरसफाइ मन्त्री उमाकान्त चौधरी पनि सचिव प्रमिलादेवी बज्राचार्यसँग काम गर्न नसकिने निष्कर्षमा पुगेका छन् । सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका मन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजालसँग गएर थमौतीका लागि हारगुहार गरे । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्म पनि सांसद कल्याणी खड्कालाई लिएर पुगे तर तर मन्त्री झाँक्री आफूलाई घेराबन्दी गर्ने सचिवको दौडधूप थाहा पाएपछि उनको टीम नै सरुवा गरिदिएकी छन् ।  

    सहरी विकास मन्त्री रमकुमारी झाँक्रीको बानी थाहा नपाएकाले सचिव रमेशप्रसाद सिंहलाई अप्ठेरो परेको हो । सहरी विकास तथा भवन विभागका महानिर्देशक, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण सहित रुपन्देही, बाँके, धनुषा जस्ता जिल्लाका डिभिजन प्रमुखसमेत सरुवा गरी नयाँ पठाएकी छन् । ती सबै ठाउँमा सचिव सिंहका निकटहरु थिए । मन्त्री झाँक्रीले आफूले राखेका सबैलाई चलाएपछि सचिव सिंह भौतिक पूर्वाधार मन्त्रालयमा सरुवाका लागि मन्त्री रेणुसँग पटक पटक बसिसकेका छन् । उनको कार्यकाल अब १ बर्ष बाँकी छ ।

    रक्षा सचिव बेगेन्द्रराज शर्माको ५ बर्षे कार्यकाल पनि यही पुस १३ मा सकिंदैछ । उनले सचिवको ५ बर्षे कार्यकालमा गएको साउन २५ मा बल्लतल्ल शेरबहादुर देउवाको कार्यकालमा रक्षा मन्त्रालय पाएका हुन् । बढुवा भएपछि मन्त्रालय नपाउने प्रशासन समूहका केही सचिवहरुले यसपटक न्याय पाउने संभावना छ । योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र उपराष्ट्रपति कार्यालयका रामकृष्ण सुवेदी पनि बढुवापछि मन्त्रालयमा जिम्मेवारी नपाउनेमा पर्दछन् ।

     प्रदेश नम्बर १ का प्रमुख सचिव रामप्रसाद घिमिरे, प्रदेश नम्बर २ का हरिप्रसाद मैनाली,  बागमतीका किरणराज शर्मा, गण्डकीका रविलाल पन्थ, लुम्बिनीका डिल्लीराज शर्मा, कर्णालीका राजकुमार श्रेष्ठ, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीसहितका सचिवहरु पनि संघीय मन्त्रालयमा आउनका लागि प्रयारसरत छन् । 

    images
    सम्बन्धित समाचार