Logo
  • बुधबार, मंसिर १५ २०७८Dec 01 2021

तरलता अभाव टार्न बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक

तरलता अभाव टार्न बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक

नेपाल फेस

मंसिर ९, २०७८ बिहीबार
  • 1.3K
    SHARES

  • तरलता अभाव टार्न बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ पठाउँदै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता अभाव टार्न बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।

    केन्द्रीय बैंकले १४ दिन अवधिको २३ मंसिरमा परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा पठाउन लागेको हो ।

    बैंकले यसअघि गत २५ कात्तिकमा २० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो । केन्द्रीय बैंकका अनुसार बोलकबोलमा इजाजत प्राप्त क, ख र ग वर्गका स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

    बजारमा लगानी योग्य रकमको अभाव रहेकाले तरलता अभाव टार्न केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । 

    सम्बन्धित समाचार