Logo
  • बुधबार, मंसिर १५ २०७८Dec 01 2021

अन्ततः कैदीबन्दीको विरोधबीच विराटनगर कारागार ल्याइयो गुन्डानाइके अभिषेक गिरीलाई

अन्ततः कैदीबन्दीको विरोधबीच विराटनगर कारागार ल्याइयो गुन्डानाइके अभिषेक गिरीलाई

नेपाल फेस

मंसिर ९, २०७८ बिहीबार
  • 667
    SHARES

  • अन्ततः कैदीबन्दीको विरोधबीच  विराटनगर कारागार ल्याइयो गुन्डानाइके अभिषेक गिरीलाई

    विराटनगर । कैदीबन्दीहरूको विरोधका बीच अपहरण तथा शरीर बन्धक मुद्दामा कैदी भुक्तान गरिरहेका गुन्डानाइके अभिषेक गिरीलाई विराटनगर कारागार ल्याइएको छ ।

    दिउँसो ल्याउँदा विरोध हुने भएकोले गिरीलाई प्रशासनले  बिहीबार बिहान करिब चार बजे सुटक्क कारागार ल्याइएको हो । 

    गिरीले रोजेको ठाउँमा सरुवा गर्दै आएको कारागार व्यवस्थापन विभागले उनलाई अनुकूल हुने निर्णय गर्ने क्रम जारी राखेको थियो।

    यही क्रममा बुधबार मोरङ कारागारमा रहेका गिरीको विरोधी मानिने चौकीदारसहितका ८ जना कैदीबन्दीलाई सिन्धुली सरुवा गरिएको छ।

    गत भदौं १७ गते डिल्लीबजार कारागारबाट मोरङ सरुवाको निर्णय भएपछि गिरीलाई कात्तिक १६ गते विहान विराटनगर ल्याइएको थियो । तर कैदीबन्दीले प्रदर्शन गर्दै प्रवेश गर्न दिएनन् । कैदीबन्दीले प्रवेश नदिएपछि कारागार व्यवस्था विभागले गिरीलाई सप्तरी कारागार सरुवा गर्याे । सप्तरी सरुवा भएको १७ दिनपछि कांग्रेस नेताहरुको दबावमा उनलाई पुनः मोरङ नै ल्याइएको छ ।

    गिरीलाई विराटनगर कारागार ल्याउन चौकीदार कात्तिक कामत, सिटी कमान्डर युवराज परियार, वडा नाइके रितेश कामत, आन्तरिक प्रशासनका विकास महतो, विवेक कामत, शिवनारायण माझी र मौसम चौधरीलाई सरुवा गरिएको छ।

    सम्बन्धित समाचार