Logo
  • बुधबार, मंसिर १५ २०७८Dec 01 2021

३३२ जना कोरोना संक्रमित थपिंदा २३२ जना निको भए, ४ जनाको मृत्यु

३३२ जना कोरोना संक्रमित थपिंदा २३२ जना निको भए, ४ जनाको मृत्यु

नेपाल फेस

मंसिर ८, २०७८ बुधबार
  • 1.1K
    SHARES

  • ३३२ जना कोरोना संक्रमित थपिंदा २३२ जना निको भए,  ४ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् ।

    बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ भने ८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ जना रहेका छन् । जसमध्ये काठमाडौंमा १४४ ललितपुरमा २६ र भक्तपुरमा ११ गरी जम्‍मा १८१ जना काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिएको छ ।

    सम्बन्धित समाचार