Logo
  • मंगलबार, मंसिर २० २०७९Dec 06 2022

डडेलधुराबाट देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित, कति पाए मत ?

डडेलधुराबाट देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित, कति पाए मत ?

images

नेपाल फेस

मंसिर ७, २०७८ मंगलबार
  • 6.6K
    SHARES

  • डडेलधुराबाट देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित, कति पाए मत ?

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

    images

    गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । मतपत्रको १९ नम्बरमा नाम रहेका देउवाले कुल ७ सय ९१ मत पाएको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले बताए । बमकाअनुसार कूल १२ सय ८४ मतदाता रहेकोमा ८ सय ४६ मत खसेको थियो ।

    कांग्रेस विधानको धारा १५ को उपधारा १ (ग) मा केन्द्रीय समितिका पदाधिकारी र सदस्य स्वतः एक अवधिका लागि महाधिवेशन प्रतिनिधि हुने उल्लेख छ । तर, देउवालाई डडेल्धुराबाट नै महाधिवेशन प्रतिनिधिमा निर्वाचित गराइँदै आइएको छ ।

    तर, यसपटक देउवाले पद र सत्ताको दुरुपयोग गरेर गृहजिल्लामा महाधिवेशन गरेको आरोप लाग्दै आएको छ । निवर्तमान सभापति कर्णबहादुर मल्ल समूहले भने अधिवेशन प्रक्रियामा सहभागिता जनाएको छैन । क्रियाशील सदस्यतामा एकलौटी भएको भन्दै मल्ल समूह सहभागी नभएको हो ।

    यता, महाधिवेशन प्रतिनिधिमा मतपत्रमा देउवाको नाममा पहिले नै रेजा लगाएर मत दातालाई मत पत्र दिएको आरोप  लागेको छ ।  महाधिवेशन प्रतिनिधिका उम्मेदवार कमलसिंह भाटका अनुसार देउवाको नाममा रेजा लगाएर मत पत्र मत दातालाई दिइएको थियो ।

    महाधिवेशन प्रतिनिधिमा २१ जना उम्मेदवार रहेको बताउँदै उनले भने २१ मा १० जना निर्वाचित हुनुपर्ने थियो । देउवाको नाममा पहिले नै रेजा लागेको थियो ९ जना थप निर्वाचित भए ।

    भाट पनि महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका थिए । मत पत्रमा सुरुमा नै रेजा लगाएको कुरा सत्य नभएको निर्वाचन अधिकृत लोकेन्द्र बमले बताए । उनले देउवाको छविमा आँच पुर्‍याउन निराधार आरोप लगाएको बताए ।

    बम यसअघि पनि विवादमा फसेका थिए । उनले वडा अधिवेशनमा निवर्तमान सभापति मल्ल पक्षसँग छलफल नगरेर एकलौटी अधिवेशन गरेको आरोप लागेको थियो । उनी आर्जु निकट व्यक्तिको रूपमा समेत चिनिन्छन् ।

    सम्बन्धित समाचार