Logo
  • बुधबार, मंसिर १५ २०७८Dec 01 2021

छानबिन हुने भएपछि सिपाहीको रासन खाने एसपीले बिदा पठाएकाहरुलाई बोलाए

छानबिन हुने भएपछि सिपाहीको रासन खाने एसपीले बिदा पठाएकाहरुलाई बोलाए

नेपाल फेस

कात्तिक २७, २०७८ शनिबार
  • 64.4K
    SHARES

  • छानबिन हुने भएपछि सिपाहीको रासन खाने एसपीले बिदा पठाएकाहरुलाई बोलाए

    तनहुँ । सशस्त्र प्रहरी बलको २३ नम्बर मनकामना गण भानु तनहुँका एसपी संजय भट्टराईले सिपाहीलाई बिदा छाडेर रासनबापतको रकम घुस लिने गरेको बिषय नेपालफेस लगायतले उजागर गरेपछि उनीमाथि छानबिन गर्न गण्डकी प्रदेशका डीआइजी शम्भु सुवेदीलाई छानबिन गर्न मुख्यालयबाट निर्देशन दिइएको छ ।

    डिआइजीलाई छानबिन गर्न सशस्त्र मुख्यालयबाट निर्देशन दिएको सूचना प्राप्त गर्नासाथ एसपी भट्टरार्ईले गणबाट बिदामा पठाएका करिब २ सय प्रहरीलाई तत्काल हाजिर हुन फोन गर्दै बोलाएका छन् । तत्काल जो जुन अवस्थामा भए पनि तत्कालै हाजिर हुनका लागि उनले फोनबाट निर्देशन दिएका छन् । सशस्त्र प्रहरीलाई बिदामा पठाएर रासनको पैसा मासिक १० लाख भन्दा बढी अनियमितता गर्दैआएका एसपी भट्टराईको कतुर्तत खुलेपछि उनले हतार हतार सिपाही हवल्दारलाई फोनमार्फत् बोलाएका हुन् ।

    सशस्त्र प्रहरीका हरेक गणमा जस्तै यहाँ पनि ६२५ दरबन्दी भए पनि २३ नम्बर गणमा भने ३ सय ३० जना जति मात्रै छन् । त्यसमध्ये पूर्वी नवलपरासीको चोरमारास्थित बेशमा निरीक्षकसहित १५ जना जाने गर्छन् । बाँकी करिव ८० जना जति गणमा राखेर बाँकी २ सय जना सधैं बिदामा छोड्ने गरिएको छ । पुग नपुग गणमा ८० जना भन्दा बढी कहिल्यै नहुने गणकै एक अधिकृतले बताए । उनले भने, यो गण मातहत कुनै बिओपी छैन । बेश चोरमारामा एउटा छ ।  बेशमा १५ जना हुन्छन्, त्यसमध्ये पनि निरीक्षकले १० जना राखेर पाँच जना बिदा छोड्छन र त्यसबापतको रकम पनि गणपति भट्टराईलाई मासिक रूपमा बुझाउनुपर्छ ।

    गणभित्रको कुरा गर्ने हो भने दिनमा तीनवटा र रातिमा पाँच वटा पोष्ट छन् । पुरानो राशन बापतको रकमको हिसाब गर्दा पनि दुई सय जना बिदा छोड्दा मासिक १० लाख ८० हजार र अहिलेको थप समेतको हिसाबले मासिक न्यूनतम १४ लाख रूपैयाँसम्म मनकामना गणका गणपतिले सिपाही घर पठाएर खाने गरेको आरोप छ । यो तथ्य खुलासा भएपछि उनले हतार हतार बिदामा छाडिएकालाई बोलाएका छन् ।

    सशस्त्रलाई बिदामा पठाएर मासिक लाखौं रुपैयाँ अनियमितता गर्दैआएका एसपी भट्टराईले खानासमेत अति कमसल खाना खुवाउने गरेको गुनासो कार्यरत तल्लोदर्जाका सिपाही हवल्दारले गर्दैआएका छन् ।

    सशस्त्रमा अति कमसल र कुहिएका चामल तल्लो दर्जाका सुरक्षाकर्मीलाई खुवाएपछि २०६५ मा बिद्रोह नै भएको थियो । तनहुँको २३ नम्बर गणमा एसपी भट्टराईले सशस्त्र प्रहरीका जवानलाई अति नै कमसल खाना खुवाउने गरे पनि सिपाही हवल्दार सहन बाध्य छन् । चेन अफ कमाण्डमा चल्ने सुरक्षाफौजमा हाकिमका बिरुद्ध बोल्दा कारबाही हुने भएकाले उनीहरु जस्तोसुकै कमसल खाना पनि खान बाध्य छन् । 

    सम्बन्धित समाचार