Logo
  • शनिबार, साउन २८ २०७९Aug 13 2022

भारतको कोभ्याक्सिनलाई डब्लूएचओले दियो मान्यता

भारतको कोभ्याक्सिनलाई डब्लूएचओले दियो मान्यता

नेपाल फेस

कात्तिक १८, २०७८ बिहीबार
  • 21.5K
    SHARES

  • भारतको कोभ्याक्सिनलाई डब्लूएचओले दियो मान्यता

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतमा विकसित खोपलाई मान्यता दिएको छ । डब्लूएचओले भारत सरकारले विकसित गरेको कोभिड १९ खोप कोभ्याक्सिनलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको हो । 

    images

    तेस्रो चरणको क्लिनिकल परीक्षण जारी रहेकै बेला जनवरीमा सो खोपलाई भारतमा अनुमोदन गरिएको थियो । अनुमोदनपछि त्यसबारे चासो बढेको थियो । खोप निर्माता भरत बायोटेकले खोप ७८ प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएको थियो । 

    बायोटेकका अध्यक्ष डा. कृष्ण इलाले खोप २०० प्रतिशत प्रभावकारी भएको दाबी गर्दै आएका थिए । 

    खोपको जोखिमभन्दा पनि फाइदा भएको डब्लूएचओले एउटा ट्वीटमा उल्लेख गरेको छ । 

    गत महिना भरत बायोटेकले भरेर पठाएको फाईल जाँच गर्ने क्रममा डब्लूएचओको विज्ञहरुको एउटा प्यानलले कम्पनीसँग अझै बढी तथ्यांक उपलब्ध गराउन माग गरेको थियो । 

    डब्लूएचओले सो खोप चार साताको अन्तरमा १८ वर्ष माथिका व्यक्तिलाई दुई डोज दिन  सकिने सुझाव दिएको छ ।
     

    images
    सम्बन्धित समाचार