Logo
  • बुधबार, मंसिर १५ २०७८Dec 01 2021

गृहमन्त्रीको पाँडेपँजनी रोकिएन, फेरि १३ उपसचिवको काजसरुवा

गृहमन्त्रीको पाँडेपँजनी रोकिएन, फेरि १३ उपसचिवको काजसरुवा

नेपाल फेस

कात्तिक १०, २०७८ बुधबार
  • 12.3K
    SHARES

  • गृहमन्त्रीको पाँडेपँजनी रोकिएन, फेरि १३ उपसचिवको काजसरुवा

    काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन सरकार बनेपछि गृहमन्त्रालयले उपसचिव र सहसचिवहरुको सरुवामा रेकर्ड नै ब्रेक गर्दै आएको छ । प्रमुख जिल्ला अधिकारी ३–३ महिनामै फेरबदल गर्ने कार्य यो सरकारले गरेको छ । प्रशासनतन्त्रमा आस्थाका आधारमा सरुवा गर्दै अस्थिर बनाउने काम गरेको छ । अरु मन्त्रालयमा रहेका नेपाली कांग्रेसनिकट सहसचिव र उपसचिवहरुलाई गृहमा लाँदै सीडीओ बनाउने क्रम अझै जारी छ । आज पनि गृहमन्त्रालयले गृहमन्त्रालयले उपसचिवहरुको काज सरुवा गरेको छ । मन्त्रालयले १३ जना उपसचिवको काज सरुवा गरेको हो ।

    गृह मन्त्रालयमा कार्यरत हरिप्रसाद पन्तलाई जिल्ला प्रशासन कार्यालय ललितपुरमा सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ । अर्का उपसचिव श्रीधर केसीलाई सुर्खेतको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।

    त्यसैगरी, उपसचिव लक्ष्मण ढकाल कारागार व्यवस्थापन विभाग, मोहनप्रसाद अर्याल इलाका प्रहरी कार्यालय सिमरा, बासुदेव घिमिरे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, ललितकुमार बस्नेत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा सरुवा भएका छन् ।

    त्यस्तै कल्पना घिमिरे राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, नारायण पाण्डे इलाका प्रशासन कार्यालय चन्द्रौटा, ईश्वरीप्रसाद ढकाल जिल्ला प्रशासन कार्यालय कास्कीमा, विष्णु पौडेल जिल्ला प्रशासन कार्यालय बाँकेमा, मीना अर्याल राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा, सागर शाह कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागमा र श्रवणकुमार पोखरेल कारागार व्यवस्थापन विभागमा सरुवा भएका छन् ।

    सम्बन्धित समाचार