Logo
  • बुधबार, मंसिर १५ २०७८Dec 01 2021

हाकिमका सालालाई घुस संकलनको जिम्मा, अपायक ठाउँमा कार्यालय सार्दा सेवाग्राहीलाई सास्ती

हाकिमका सालालाई घुस संकलनको जिम्मा, अपायक ठाउँमा कार्यालय सार्दा सेवाग्राहीलाई सास्ती

नेपाल फेस

कात्तिक १०, २०७८ बुधबार
  • 11.0K
    SHARES

  • हाकिमका सालालाई घुस संकलनको जिम्मा, अपायक ठाउँमा कार्यालय सार्दा सेवाग्राहीलाई सास्ती

    जनकपुरधाम । “सारे गाँउ एक तरफ, जोरु के भाइ एक तरफ” भन्ने हिन्दी उखान प्रदेश २ को अस्थायी राजधानी जनकपुरका एक कार्यालय प्रमुखले प्रमाणित गरेका छन् ।

    घरेलु तथा साना उद्योग कार्यालय जनकपुरका प्रमुख देवेन्द्र झाले आफ्ना साला उग्रनारायण चौधरीलाई कार्यालयमा हुने हरेक कामबापत सेवाग्राहीसँग घुस असुल्ने जिम्मा दिएका छन् । कार्यालयमा पुगेका सेवाग्राहीसँग चौधरीले घुसबापत कामको प्रकृति हेरी २ हजारदेखि १० हजार रुपैयाँसम्म अतिरिक्त रकम लिने गरेको आरोप छ ।

    कार्यालयमा कामका लागि गएका सेवाग्राहीसँग चौधरीले अतिरिक्त रकम असुलेको बिरोध कार्यालय प्रमुख झासँग गरे पनि उल्टै सालोको बचाउ गरेको धनौजी गाँउपलिका वडा नं ३ का लक्ष्मण मण्डलले गुनासो गरेका छन् । अधिकृत बस्ने कोठामा टेबुल कुर्सी दिएर सालोलाई दलाल बनाएर राखेको कुरा हामी प्रमुख जिल्ला अधिकारीसमक्ष डेलिगेशन जाने तयारीमा रहेको उनले बताए ।

    चौधरीले आफू कम्प्युटर अपरेटर रहेको बताउने गरेका छन् । उनका भिनाजु अर्थात् कार्यालय प्रमुख झाले ‘चौधरी आफन्त भएकाले कार्यालयमा आउने गरेको स्वीकार गरे । कार्यालयमा आए पनि कुनै किसिमको अतिरिक्त रकम नलिएको र चौधरी कर्मचारी नरहेको झाले स्पष्ट पारे ।

    जनकपुरको मुरली चोकमा चौधरीको घर रहेको छ । त्यहाँका स्थानीयका अनुसार उनी कयौंचोटी लागुऔषध काण्डमा प्रहरी हिरासतमा बसेका र उनको छवि निकै विवादित रहेको छ ।

    सेटिङमा घरभाडा

    कार्यालय प्रमुख झाले सेवाग्राहीलाई पायक पर्ने ठाँउबाट घरेलु कार्यालय सारेका छन् । र, सेटिङकै आधारमा आफ्ना नाता पर्नेको घरमा कार्यालय सारेको आरोप उनीमाथि लागेको छ ।  जनकपुरको रामानन्द चोकबाट झाले आफ्नो ससुरालीघर नजिक सेवाग्राहीलाई अप्ठ्यारो पर्ने साँघुरो गल्लीमा कार्यालय सारेका छन् ।

    gharelu office janakpur.jpg

    घरभाडामा कमिसन खानकै लागि उनले सेवाग्राहीलाई अपायक र साँघुरो गल्लीमा कार्यालय सारेका छन् । कार्यालय खोज्न सेवाग्राहीलाई दिनभर लाग्ने गरेको छ । जनकपुरमा समान्य फोटोकपी र दश रुपैयाँको टिकट पनि सुबिधा नभएको ठाँउमा कार्यालय सार्नुले घरभाडामा हाकिमको कमिसनमोह नै कारण मानिएको छ । रामानन्द चोकमा रहेको भाडाको घर भन्दा २२ हजार रुपैयाँ महँगोमा अहिले घर भाडा लिइएको छ ।

    सम्बन्धित समाचार