Logo
  • शनिबार, माघ ८ २०७८Jan 22 2022

इजलास बहिस्कारः चोलेन्द्रशमशेर राणाको अतिले निम्त्याएको खति 

इजलास बहिस्कारः चोलेन्द्रशमशेर राणाको अतिले निम्त्याएको खति 

नेपाल फेस

कात्तिक ८, २०७८ सोमबार
  • 13.3K
    SHARES

  • इजलास बहिस्कारः चोलेन्द्रशमशेर राणाको अतिले निम्त्याएको खति 

    काठमाडौं । ‘अति सर्बत्र बर्जयेत’ संस्कृतको यो उक्ति प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको हकमा अहिले ठ्याक्कै लागु भएको छ । राजनीतिक पार्टीहरुलाई भिडाएर संवैधानिक आयोग, न्यायपरिषददेखि हरेक क्षेत्रमा भागबण्डा लिंदै मन्त्रीसमेत नियुक्त गराउन सफल भएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका बिरुद्ध अन्ततः सर्वोच्च अदालतकै १४ बरिष्ठ न्यायाधीश इजलास बहिस्कारको तहमा पुगेका छन् । बरियतामा सर्वोच्च अदालतको तेस्रो न्यायाधीश हुँदा राणाले ४ बर्षअघि तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले तोकेको इजलास बहिस्कार गरेका थिए ।

    चार बर्षअघि कान्तिपुरको अदालतको अवहेलना सम्बन्धी मुद्दामा न्यायाधीश चोलेन्द्रशमशेरले प्रधानन्यायाधीश गोपाल पराजुलीसँग इजलासमा बस्न नसक्ने भन्दै बहिस्कार गरेका थिए ।  २८ फागुन, २०७४ मा राणाले पराजुलीको इजलास बहिस्कार गरेका थिए, ४८ महिनापछि उनको इजलास बरिष्ठतम न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठसहित १४ जनाले बहिस्कार गर्ने निर्णय गरेका छन् । 

    राणाको ३ बर्षे कार्यकालः सेटिङदेखि शासनमा हिस्सेदारीसम्म

    विवादका बीच सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका राणाले एनसेलको पूँजीगत लाभकर, क्यासिनोदेखि धेरै आर्थिक सरोकारका मुद्दामा भाइ प्रभुलाई बिचौलिया राखी सेटिङमा फैसला गर्दै न्यायालयलाई भ्रष्टाचारको केन्द्र नै बनाएका छन् । यो कुरा सर्वोच्चका बरिष्ठतम न्यायाधीश सबैलाई थाहा छ । आर्थिक सरोकारदेखि रन्जन कोइरालाको जघन्य हत्याको मुद्दामा समेत सेटिङ गरेका राणाले न्यायालयलाई भ्रष्टाचारको थलो बनाए ।

    प्रभुले दाजु प्रधानन्यायाधीश भएपछि मुद्दामा सेटिङ गरी करोड होइन, अरबका दरले लिएको घुसले नयाँबानेश्वरमा आइपेक्स मल निर्माण गरेको घामजत्तिकै छर्लङ्ग छ । कालिकास्थानको सिल्भरसिटीका २ वटा अपार्टमेन्ट (हालसालै बिक्री गरेको)देखि सहकारीबाट बचतकर्ताको १६ अर्ब रुपैयाँ ठगी गर्ने सुधीर बस्नेतको भेगासिटी हाउजिङमा पार्टनरसीप, टेस्ला गाडी नेपाल भित्र्याउन छुट दिने आदेशदेखि नेपालगंजका सुन ब्यापारी दीपक हेमकरको परिवारका ५ सदस्यको हत्यारा किशोरीलाल सोनीलाई ९ महिनामै साधारण तारिखमा रिहा गर्ने लगायतका पचासौं मुद्दामा भाइ प्रभुले सेटिङ गरी अथाह घुस जम्मा गरिसकेका छन् । उक्त घुुसको रकम हुन्डीमार्फत् दुबईदेखि अमेरिकासम्म पुर्याइसकेका प्रभुको सुरुको आर्थिक अवस्था र हालको अरबौंको सम्पत्तिको स्रोत खोजी कसले गर्ने ? त्यो सम्पत्ति मुद्दामा सेटिङ गरी राष्ट्रलाई प्राप्त हुने राजस्व मारेर आर्जित भएको हो भन्नेबारेमा राज्यका निकाय जानकारक छन् । तर सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले त उनको सम्पत्ति हेर्ने आँट दाजु पदमा हुन्जेल सक्ने अवस्था छैन ।

    इजलास बहिस्कारः न्यायपालिकाको साख बचाउने १४ न्यायाधीशको साहसिक कदम

    शक्ति पृथकीकरणको सिद्धान्त अनुसार राज्यका तीनै निकाय न्यायपालिका, कार्यपालिका र ब्यवस्थापिका संचालन भएमात्र लोकतान्त्रिक मूल्यमान्यता स्थापित हुन्छन् । न्यायपालिकाले कार्यपालिकामा हिस्सा खोजेर शक्ति पृथकीकरणको मर्ममै प्रहार गर्ने कार्य प्रधानन्यायाधीश राणाले गरेपछि न्यायपालिकाको गरिमा जोगाउन १४ न्यायाधीश इजलास बहिस्कारको तहमा पुगेका हुन् । 

    न्यायपालिकाको मूल्यमान्यता कायम गराउनुपर्ने प्रधानन्यायाधीश मन्त्री बनाउने, संवैधानिक आयोगदेखि विभिन्न निकायमा नियुक्ति गर्न दबाब दिने जस्ता क्रियाकलापमा संलग्न भएपछि तीन निकायको शक्तिसन्तुलनमा खलल आई लोकतन्त्र नै संकटमा पर्दैगएको छ । लोकतन्त्रका लागि आजीवन संघर्ष गरेका नेताहरुको तेजोबध गर्नेदेखि पंचायतका अवशेषहरुलाई मुद्दा दर्ता गर्न लगाएर तर्साउने काम समेत राणाबाट हुँदैआएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले लोकतन्त्र कमजोर भएपछि फणा उठाउन थालिसकेका छन् । न्यायपालिकाको नेतृत्वमा बसेका नेकपाको एकता खारेज गर्ने फैसला गर्नुको उद्देश्य नै दलहरुलाई कमजोर पार्ने र हङ पार्लियामेन्टमा खेल्नका लागि हो भन्ने कुरा राणाका कदमहरुले पुष्टि गर्दै लगेका छन् । न्यायपालिकाको गरिमा नै समाप्त पार्ने राणाका एकपछि अर्का क्रियाकलाप रोक्नकै लागि बरिष्ठ न्यायाधीशहरुले उनले निकास दिनुपर्ने तहमा पुगेका छन् ।

    पूर्वन्यायाधीश फोरमले पनि उनलाई निकास (राजीनामा) दिनका लागि आग्रह गरिसकेको छ । तर राणा भने अझैसम्म पनि राजीनामा दिनेतिर भन्दा पनि फुलकोर्ट बोलाउने र पूर्वप्रधानन्यायाधीशहरुको घर घरमा पद बचाइदिन अनुनय बिनय गरिरहेका छन् । आफ्ना निकट कानुन ब्यवसायीहरुलाई ४ बरिष्ठ न्यायाधीशका बिरुद्ध प्रचार गराउन तल्लीन छन् । 

    सम्बन्धित समाचार