Logo
  • शनिबार, असार १८ २०७९Jul 02 2022

कोभिडले एक लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको डब्लुएचओको आँकलन 

कोभिडले एक लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको डब्लुएचओको आँकलन 

नेपाल फेस

कात्तिक ५, २०७८ शुक्रबार
  • 8.6K
    SHARES

  • कोभिडले एक लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको डब्लुएचओको आँकलन 

    एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड१९ महामारीले विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको छ ।

    विश्वभरि १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । तर कोभिड महामारीका कारण  सन् २०२० को जनवरीदेखि सन् २०२१ को मेसम्म उक्त संख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको अनुमान छ ।

    डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले स्वास्थ्यकर्मीलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्ने बताए ।

    विश्वका १ सय १९ मुलुकबाट प्राप्त विवरणले विश्वभरि औसतमा पाँचजना स्वास्थ्यकर्मीमध्ये दुई जनाले कोभिड खोप लगाउन पाएको उनले उल्लेख गरे ।

    सम्बन्धित समाचार