Logo
  • शनिबार, जेठ १४ २०७९May 28 2022

प्रदेश नम्बर २ मा बजेट अधिवेशन आह्वानको तयारी

प्रदेश नम्बर २ मा बजेट अधिवेशन आह्वानको तयारी

नेपाल फेस

जेठ १७, २०७८ सोमबार
  • 45.0K
    SHARES

  • प्रदेश नम्बर २ मा बजेट अधिवेशन आह्वानको तयारी

    जनकपुरधाम । प्रदेश-२ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चालु पाँचौ अधिवेशन अन्त्य गर्दै आगामी जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    प्रदेशको पाँचौ अधिवेशन गत चैत ३० गतेदेखि शुरु भएको थियो । पाँचौ अधिवेशनको चैत ३० र वैशाख १० गते गरी दुईवटा बैठक मात्रै बसेको थियो ।

    तेस्रो बैठक वैशाख १४ गतेका लागि आह्वान गरिएपनि प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्दै अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको थियो ।

    स्थगित गरिएको बैठक हालसम्म बस्न सकेको छैन । यहीबीचमा प्रदेश सरकारले पाँचौ अधिवेशन अन्त्य गर्दै बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    सम्बन्धित समाचार