Logo
  • मंगलबार, माघ १७ २०७९Jan 31 2023

सर्वोच्चले मन्त्रिपरिषद विस्तारका विषयमा सरकारसँग माग्यो लिखित जवाफ

सर्वोच्चले मन्त्रिपरिषद विस्तारका विषयमा सरकारसँग माग्यो लिखित जवाफ

images

नेपाल फेस

पुस २०, २०७७ सोमबार
  • 262.7K
    SHARES

  • सर्वोच्चले मन्त्रिपरिषद विस्तारका विषयमा सरकारसँग माग्यो लिखित जवाफ

    काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग गरेको छ ।

    images

    सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको हो ।

    संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री कामचलाउ हैसियतमा पुगेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीसमेतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दिएका थिए ।

    उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले लिखित जवाफ माग गर्दै पुस २८ गते अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । 

    सम्बन्धित समाचार